२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा लगाए आगो



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाएका छन् । घटना काठमाडौं महानगरपालिका-१६, बालाजु हाइट बोहोराटारमा भएको हो ।

स्थानीय स्रोतका अनुसार, प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र गोलीसमेत चलाएको छ । राष्ट्रपति पद ग्रहण गरेपछि पौडेल हाल सरकारले उपलब्ध गराएको शीतलनिवासमा बस्ने गरेका छन् ।

प्रदर्शनकारियोंको ठूलो जुलुस बालाजुहाइट, रानीवन र राधाकृष्ण मन्दिर क्षेत्रबाट चक्रपथतर्फ अघि बढेको थियो । रानीवनको पानीट्याङ्कीबाट सुरु भएको जुलुसमा बालबालिका र वृद्धवृद्धा समेत सहभागी भएका थिए ।

प्रहरीले घटनास्थलमा उपस्थित भएर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने स्थानीयबासीहरू र प्रदर्शनकारीबीच तनाव कायम रहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : ०६ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन