२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रधानमन्त्री ओलीले दिए राजीनामा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी आन्दोलन लगातार उग्र बन्दै गएपछि उनले आफ्नो पद त्याग्ने घोषणा गरेका हुन् ।

हिजोबाट शुरु भएको आन्दोलन व्यापक विरोध र हिंसात्मक घटनामा परिणत भएपछि राजनीतिक संकट गहिरिँदै गएको थियो । त्यसको जिम्मेवारीस्वरूप प्रधानमन्त्री ओलीले आज औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

सरकारप्रति जनआक्रोश चुलिँदै गएकाले तत्काल समाधान खोज्न आफू पदमुक्त भएको ओलीले बताएका छन् । उनले देशलाई शान्तिपूर्ण निकास दिन सबै दललाई जिम्मेवार ढंगले अघि बढ्न पनि आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ३२ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर