१४ भदौ २०८३, आइतबार | August 30, 2026

कुलमानले मागे जेन जी पुस्तासहितको स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेन—जीको आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । सुशासन, सेवा प्रवाहमा सुधार, आर्थिक समृद्धिका लागि उज्यालो नेपाल अभियान चलाइरहेका घिसिङले काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

उपचाररत घाइतलाई भेटी उनले उपचारमा आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने जनताको अधिकारलाई सरकारले दमन गरेर अप्रिय र दुःखद घटना भएको बताए ।

‘जेन जी पुस्ता देशको भविष्य हुन्, यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्ष पूरा गर्ने अवस्था सृजना गर्नुपर्दछ, राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कवूल गर्दै पदत्याग गर्ने, जेन जी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गरी अविलम्व आम चुनाव गराउनु पर्दछ,’ उनले भने ‘सबै तहको व्याप्त भ्रष्टचार निर्मूल गर्नको लागि स्वतन्त्र उच्चस्तरीय आयोगले छानविन गरी भ्रष्टाचारीहरूलाई फास्ट ट्रयाकबाट हदैसम्मको दण्ड दिने व्वस्था गर्ने, हिजोको बर्बरतापूर्ण घट्नाको न्यायिक जांच गरेर दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने, भविष्यमा यस्तो ज्यादती र वलको दुरूपयोग नहोस् भन्ने सुनिश्चतता गर्ने र जेन जी पुस्ताको नेतृत्व विकास गर्न सहयोगी पुग्ने ढंगले संविधानमा आवश्यक संसोधन गरी समस्या समाधान गर्न सकिन्छ ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ४ : २९ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति