२० श्रावण २०८३, बुधबार | August 5, 2026

जेनजी प्रदर्शनबारे बोल्यो नेपाली सेना : ‘नेपाली जनताको जिउधनको रक्षा गर्न नेपाली सेना प्रतिबद्ध’



काठमाडौं । नेपाली सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको जनाएको छ । आज एक वक्तब्य प्रकाशित गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम गरिस्थितिमा पनि नेपाली सेना प्रतिवद्ध रही आए‌को उल्लेख गरेको छ ।

आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति नेपाली सेनाले गहिरो दुःख प्रकट गर्दै दिवरात आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजन प्रति समवेदना र संहानुभूति व्यक्त गरेको छ । सेनाले घाइते विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ,’ वक्तब्यमा लेखिएको छ, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुराताविक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमात्त परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक स‌द्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ६ : २० बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर