९ माघ २०८२, शुक्रबार | January 23, 2026

केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे



काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट ३८ सय कैदीबन्दी मध्य करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागार सुरक्षामा रहेको प्रहरीलाई लखेट्दै कैदीहरु फरार भएको बताइएको छ ।

३८ सय कैदीबन्दी रहेको कारागारमा अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । सो कारागारको महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।

केन्द्रीय कारागारमा भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी पनि भागेको बताइएको छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोतले बताएको छ । नख्खुका फरार कैदी र केन्द्रय करागारका कैदीहरुले बाहिर र भिज्ञबाट आक्रमण सुरु गरेपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो । शरण माग्न पुगेपछि मात्र कारागार सुरक्षाका लागि सेनाको टोली केन्द्रीय कारागार पुगेको थियो । स्रोतका अनुसार सेना पुग्दा सम्म करिव ३३ सय कैदी भागिसकेका थिए ।

त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ३ : १७ बजे

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका