काठमाडौँ । चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ ।
नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले भने, चीन र नेपाल परम्परागत मित्र हुन्, नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढङ्गले सम्बोधन गर्नेछन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले भनेको छ, ‘चीनले नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना गर्ने आशा व्यक्त गरेको छ।’
त्यस्तै चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षाप्रति सचेत रहन सुझाव पनि लिनले दिएको सिन्ह्वाले बताएको छ।


















प्रतिक्रिया