१४ भदौ २०८३, आइतबार | August 30, 2026

सर्वोच्चको प्रतिवद्धता : जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासनमा अविचलित

भदौ २९ देखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ हुने



काठमाडौं । सर्वोच्च अदालतले ‘जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहेको स्पष्ट पारेको छ ।

बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्ति प्रकाशित गर्दै अदालतले आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छन ।

भदौ २४ गते सर्वोच्च अदालत परिसरमा प्रदर्शनकारीद्वारा गराइएको आगजनीका कारण देशभर सुनुवाइ कार्य अवरुद्ध भएको थियो। उक्त घटनामा नेपालकै न्यायिक इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण दस्तावेजहरू नष्ट भएको सर्वोच्चले जनाएको छ।

यस्तो विषम परिस्थितिबीच सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक बसेर न्यायिक जिम्मेवारीलाई निरन्तरता दिने निर्णय गरेको हो। निर्णयअनुसार सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ सुरु गर्ने भएको छ।

सर्वोच्चले संविधानले दिएको दायित्व निर्वाह गर्न र आम नागरिकको न्यायप्रतिको भरोसा कायम राख्न अदालतलाई यथाशीघ्र सञ्चालनमा ल्याउने दृढ प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ६ : २५ बजे

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५