काठमाडौँ । शीतल निवासमा मध्यरातीसम्म भएको छलफलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति कायम गरेको छ।
बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा भएको छलफलले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो ।
जेन-जी समूहकोतर्फबाट सिफारिस भए अनुसार नै कार्कीको नाममा सहमति जुटेको हो । राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायतको सहभागितामा भएको छलफलमा संसद बिघटन गर्ने विषयमा भने मतभेद उत्पन्न भएको छ ।
छलफलमा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार नै निकास निकाल्न भने सबै सहमत देखिउको स्रोतहरुको भनाई छ । आज बिहान ९ बजे पुनः वार्ता गर्ने गरि रातीको छलफल स्थगन भएको थियो ।


















प्रतिक्रिया