१० बैशाख २०८३, बिहिबार | April 23, 2026

निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन एफएनसीसीआईको आह्वान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान गरेको छ ।

महासंघलले आज विज्ञप्ति जारी गर्दै महासंघले शान्तिपूर्ण र सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्न सकिने अवस्था तत्काल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमा तोडफोड, आगजनी र अन्य हिंसात्मक गतिविधिबाट व्यक्तिगत तथा व्यवसायिक सम्पत्तिमा क्षति पुगेकोप्रति खेद व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सबैलाई सचेत रहन आह्वान गरिएको छ ।

नवनिर्माण एवम् पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको महासंघले स्पष्ट पारेको छ । देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवम् सहकार्य गर्न तयार रहेको महासंले बताएको छ ।

देशभर जारी आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति महासंले गहिरो दुःख पनि व्यक्त गरेको छ । आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

पछिल्लो घटनाक्रममा विभिन्न उद्योग, कार्यालय र निवासमा तोडफोड र आगजनी भएका घटनाको महासंघले भर्त्सना गरेको छ। प्रारम्भिक अनुमानअनुसार अर्बौं रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भइसकेको र यसले राजस्व संकलन तथा कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक असर पार्ने चेतावनी महासंघले दिएको छ।

महासंघका अनुसार निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याएको छ। यस्तो अवस्थामा निजी क्षेत्रको गतिविधि अवरुद्ध हुँदा अर्थतन्त्र थप संकटमा पर्न सक्ने भएकाले व्यवसायलाई निर्वाध सञ्चालन गर्न सुरक्षा र शान्ति व्यवस्था अनिवार्य भएको महासंघले जनाएको छ।

महासंघले युवाले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगका मागलाई सम्बोधन गर्दै विवेकपूर्ण ढंगले मुलुकलाई समुन्नतिको मार्गमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। स्थायी शान्ति र सुशासन कायम गर्न निजी क्षेत्र सहकार्य र समन्वय गर्न तयार रहेको पनि महासंघले स्पष्ट पारेको छ।

आवश्यक वस्तु-औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थ, दूध, पानी, तरकारी लगायतको आपूर्ति सुनिश्चित गर्न उद्यमी व्यवसायीलाई सक्रिय रहन आग्रह गर्दै महासंघले सम्बन्धित संघसंस्था मार्फत नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, अन्तर्राष्ट्रिय विमानस्थल खुले पनि धेरै भन्सार नाका बन्द रहेको अवस्थामा आयात–निर्यात सहज बनाउन सुरक्षा व्यवस्था मिलाउन पनि महासंघले जोड दिएको छ।

समाजमा उच्च आर्थिक वृद्धि, मर्यादित रोजगारी र सामाजिक न्यायसहितको समुन्नत समाज निर्माणका लागि युवाको चाहना अनुरुप लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सुशासन र स्वतन्त्र व्यवसायिक वातावरण कायम गर्नुपर्ने निष्कर्ष महासंघले निकालेको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १२ : २४ बजे

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु