काठमाडौं । संसद बिघटनको निर्णयलाई नेकपा माओवादी केन्द्रले असहमति प्रकट गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पदाधिकारीको भर्चुवल बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति ब्यक्त गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।
पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख छ ।
अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।


















प्रतिक्रिया