३ चैत्र २०८२, मंगलबार | March 17, 2026

संविधान विपरीतका कदम अस्वीकार्य : आठ दल



काठमाडौं । विघटित प्रतिनिधिसिभामा प्रतिनिधित्व गरेका आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानुन बमोजिम हुनुपर्नेमा जोड दिएका छन् ।

आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती दलले सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताएका हुन् । संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदम अस्वीकार्य हुने बताउँदै आठ दलले प्रतिनिधिसभा विघटन गरिएकामा असहमति जनाएका छन् ।

संवैधानिक सर्वोच्चता कायम हुनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले हस्ताक्षर जारी गरेको विज्ञप्तिमा संसद् विघटनको निर्णय सच्च्याउन माग गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ६ : १८ बजे

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका