२६ असार २०८३, शुक्रबार | July 10, 2026

लुटिएका आफ्ना आतहतियार र सुरक्षा सामाग्री फिर्ता गर्न बाँके प्रहरीको आग्रह



नेपालगन्ज । बाँके प्रहरीले जेन जी प्रदर्शनका क्रममा लुटिएका प्रहरीका हातहतियार र सुरक्षा सामाग्री फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै बाँके प्रहरीले भाद्र २३-२४ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय एवं सरकारी, गैरसरकारी र निजी संघ संस्था समेतको हातहतियार, सञ्बार साथन, सवारी साधन, दस्तावेज, लिखत वा अन्य कुनै सामाग्री नियन्त्रणमा लिएको वा कही कतै फेला परेको भए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा फिर्ता बुझाउन आग्रह गरेको हो ।

प्रहरीले त्यस्ता सामाग्री नजिकको प्रहरी कार्यालयमा फिर्ता गर्न वा प्रहरीको ९८५८०९०११० र ९८५८०९०९५५ मा सम्पर्क गरी फिर्ता बुझाउन पनि अनुरोध गरेको छ ।

साथै, आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएका प्रहरी पोशाक एवं अन्य प्रहरी सामाग्रीहरुको दुरुपयोग नगर्न नगराउन र सो सँग सम्बन्धित सूचनाहरू भए सो समेत उपलब्ध गराउन सर्वसाधारणमा प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ०४ बजे

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय