काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव फेला परेका छन् ।
पूर्ण रूपमा जलेको स्टोर सफाइ गर्ने क्रममा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । प्रहरीले शवको पहिचान अझै खुल्न बाँकी रहेको जनाएको छ ।
यही भदौ २३ गतेदेखि सुरु भएको ‘जेनजी’ आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको थियो । भदौ २४ गते विभिन्न ठाउँमा व्यापक तोडफोड र आगजनी गरिँदा भाटभटेनी सुपरमार्केट पनि गम्भीर क्षतिग्रस्त भएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


















प्रतिक्रिया