८ माघ २०८२, बिहिबार | January 22, 2026

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १९ अर्ब नाघ्यो, निर्यातमा ९५ प्रतिशत वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा शून्य दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यो आवको साउन महिनामा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो ।

मूलत: भारत, चीन र अन्य मुलुकबाट आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव एक प्रतिशत र २० दशमलव पाँच प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा पार्टस्, चामल/धान, कोइला, रासायनिक मलजस्ता वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहन आदिको आयात घटेको छ ।

यस अवधिमा निर्यातआयात अनुपात १६ दशमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षमा यो अनुपात नौ दशमलव पाँच प्रतिशत मात्र थियो ।

त्यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५ दशमलव सात प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा नौ दशमलव छ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यगत हिसाबमा भारततर्फको निर्यात १५६ दशमलव सात प्रतिशतले बढेको छ भने चीन र अन्य मुलुकतर्फ क्रमशः ६५ दशमलव दुई प्रतिशत र एक दशमलव चार प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची, जुटका सामानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायतको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ८ : ५३ बजे

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको