७ आश्विन २०८३, बुधबार | September 23, 2026

हिमाञ्चल प्रदेशको सडक दुर्घटनामा एकैघरका तीनसहित चार नेपालीको मृत्यु



काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको सडक दुर्घटनामा चार नेपालीको ज्यान गएको छ । हिजो भएको दुर्घटनामा भएका मृतकमध्ये तीन जना एउटै परिवारका सदस्य रहेका छन् ।

सोमबार कोटखाई नजिक कुड्डु नालामा गाडी दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिका–४ बाट रोजगारीका लागि हिमाञ्चल पुगेका उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा कुमाख–४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

दुर्घटनामा गाडी चालक भारतीय नागरिकको पनि मृत्यु भएको छ । मृतकहरुको शवलाई पोष्टमार्टमपछि नेपाल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ९ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई