७ पुस २०८२, सोमबार | December 22, 2025

हिमाञ्चल प्रदेशको सडक दुर्घटनामा एकैघरका तीनसहित चार नेपालीको मृत्यु



काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको सडक दुर्घटनामा चार नेपालीको ज्यान गएको छ । हिजो भएको दुर्घटनामा भएका मृतकमध्ये तीन जना एउटै परिवारका सदस्य रहेका छन् ।

सोमबार कोटखाई नजिक कुड्डु नालामा गाडी दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिका–४ बाट रोजगारीका लागि हिमाञ्चल पुगेका उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा कुमाख–४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

दुर्घटनामा गाडी चालक भारतीय नागरिकको पनि मृत्यु भएको छ । मृतकहरुको शवलाई पोष्टमार्टमपछि नेपाल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ९ : ४२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत