काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका जेनजी शहीदको शवयात्रा गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज चक्रपथ, चावहिलहुँदै पशुपति आर्यघाटका लागि शवयात्रा भएको हो । अहिले शवयात्रा आर्यघाट पुगको छ ।
शवयात्रामा १० जना मृतकको शव मध्ये ६ जना काठमाडौं बाहिर लगिने छ भने चार जनाको आर्यघाटमा अअन्त्येष्टि गरिनेछ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनकोक्रममा मृत्यु हुनेलाई शहीद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। भोलि असोज १ गते राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिइएको छ ।



















प्रतिक्रिया