९ पुस २०८२, बुधबार | December 24, 2025

‘जेनजी’ आन्दोलनले ऐतिहासिक महत्त्वका तीन दरबारमा पूर्ण क्षति



काठमाडौँ । यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ ।

एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन) प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदास्थल भए पनि आन्दोलनका क्रममा जलेको छन् ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही अभियानकर्मीले पुरातत्व विभागअघि सम्पदा क्षेत्रमा केही नगरौँ भनी बसेकाले जोगिए पनि यी तीन सम्पदा क्षतिग्रस्त भए । यीबाहेक धार्मिक एवं सांस्कृतिक सम्पदामा भने कुनै क्षति नभएको उनले सुनाए ।

आन्दोलनकारीले पशुपति क्षेत्र विकास कोषको भौतिक सम्पत्तिमा भने धेरै क्षति गरेका छन् । कोषका १७ वटा दुई पाङ्ग्रे र २१ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको विवरण प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

पुरातत्व विभागका दुई वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको छ । यसैगरी मन्त्रालयका दुई पाङ्ग्रे दुई र चार पाङ्ग्रे तीन वटा सवारीसाधनमा पूर्ण तथा दुई वटा दुई पाङ्ग्रे र सात वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति भएको उपाध्यायले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेको छ । यसैगरी तीन वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको मन्त्रालयले तयार पारेको क्षति विवरणमा उल्लेख छ ।

यस्तै, नेपाल वायुसेवा निगमको एउटा दुई पाङ्ग्रे र छ वटा चार पाङ्ग्रेमा पूर्ण र १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको छ । राष्ट्रिय अभिलेखालयको एउटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ५ : ५६ बजे

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी