१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जनमतका ६ नेताको अल्टिमेटम – अध्यक्ष राउतले २४ घण्टाभित्र राजीनामा दिनुपर्छ



काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहितका ६ जना शीर्ष नेताले अध्यक्ष डा. सीके राउतलाई २४ घण्टाभित्र पदत्याग गर्न माग गरेका छन् ।

उनीहरूले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पत्रमार्फत् नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन माग गरेका हुन् ।

पत्रमा भनिएको छ, “पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले तत्काल पद खाली गर्नु आवश्यक छ । त्यसैले हामी पार्टीका जिम्मेवार पदाधिकारीको हैसियतले २४ घण्टाभित्र राजीनामा दिन अनुरोध गर्दछौँ ।”

नेताहरूले देशमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावाद र परिवारवादविरुद्ध भदौ २३ र २४ गते जेनजी युवापुस्ताले सञ्चालन गरेको आन्दोलनले ऐतिहासिक मोड ल्याएको भन्दै पार्टी नेतृत्वले त्यसअनुरूप काम गर्न असफल भएको आरोप लगाएका छन् ।

पत्रमा भनिएको छ, “पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णयमा पारदर्शिताको अभाव र जनभावनासँग विपरीत क्रियाकलापहरूले पार्टीलाई आफ्नो मूल उद्देश्य र विचारअनुसार अघि बढ्न अवरुद्ध गरेको छ ।”

अध्यक्ष राउतको राजीनामा माग्ने पत्रमा वरिष्ठ उपाध्यक्ष खान, प्रवक्ता यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बल रहेकाछन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ४२ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै