७ आश्विन २०८३, बुधबार | September 23, 2026

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन



पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए । ‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो’, उनले भने, ‘जेनजी समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।’

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते भने एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते तीन करोड, भदौ २५ गते भने शून्य भएको छ ।

त्यस्तै भदौ २६ गते ६ करोड र भदौ २७ गते ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्‍याे भने भदौ महिनामा २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई