काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टी र पार्टीसँग सम्बन्धित व्यक्तिहरूको नाम प्रयोग गरी धम्की र त्रास सृजना गर्ने गतिविधि भइरहेको भन्दै कडा आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा केही अवाञ्छित व्यक्ति तथा समूहले निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालयका उच्च पदस्थ कर्मचारीलगायतलाई रास्वपाको नाम प्रयोग गरेर डर, त्रास र धम्कीपूर्ण टेलिफोन सन्देश पठाएको गम्भीर जानकारी आएको उल्लेख छ ।
रास्वपाले यस्ता गतिविधिहरू पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै त्यसप्रति सार्वजनिक जानकारी गराएको छ । साथै, पार्टीले धम्कीपूर्ण गतिविधिमा संलग्न जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ ।



















प्रतिक्रिया