२० बैशाख २०८३, आइतबार | May 3, 2026

राष्ट्रपतिलाई नागरिक अगुवाहरुको ज्ञापनपत्र, संवैधानिक अंगहरुलाई असंवैधानिक ढंगले नचलाइयोस



काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी लोकतन्त्रको जग कमजोर नपार्न सरकारलाई सजग बनाउन आग्रह गरेका छन् ।

विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै संक्रमणकालीन अवस्थामा राजनीतिक दल र संवैधानिक संरचनाको दायित्व अझ बढेको बताएका छन् ।

उनीहरुले जेनजी आन्दोलनपछि देखाइएको राष्ट्रपतिको अभिभावकीय भूमिकाको प्रशंसा समेत गरेका छन् । उनीहरुले सरकार निर्वाचन गराउने दायित्वबाट विमुख नहुन चेतावनी दिएका छन् ।

नागरिक अगुवाहरुले जेनजी आन्दोलनमा भएको सरकारी दमन, आपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको उच्चस्तरीय छानबिनको माग पनि अघि सारेका छन् । उनीहरुले आन्दोलनलाई नियन्त्रणमा लिन सुरक्षा निकायको निष्क्रियताप्रति शंका व्यक्त गरेका छन् । दलहरुमाथि प्रतिशोध लिने वा संवैधानिक संरचनालाई असंवैधानिक ढंगले चलाउने खतरा देखिएको विश्लेषण गर्दै नागरिक अगुवाहरुले यस्तो अवस्था दोहोरिए अर्को द्वन्द्व सुरु हुन सक्ने भन्दै राष्ट्रपतिलाई सचेत समेत गराएका छन् ।

यसैबीच सरकारले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउनेगरी अध्यादेश ल्याउने तयारी गरिरहेको प्रसंगमा नागरिक अगुवाहरुले चुनाव समयमै नहुने चिन्ता व्यक्त गरेका छन् । ६ महिनाभित्रै निर्वाचन नभए ठूलो संवैधानिक संकट आउने भन्दै उनीहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : ०५ बजे

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री