९ पुस २०८२, बुधबार | December 24, 2025

गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि ३७ वर्षीय कर्णबहादुर तामाङले आक्रमण गरेका हुन् ।

घटनापछि पन्तलाई तत्काल अस्पताल पुर्याइएको र हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आरोपित तामाङ सिन्धुपाल्चोकका बासिन्दा हुन् । उनले मदिरा सेवनपश्चात पन्तको कोठामा प्रवेश गरी खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडित पन्तले भने आफूमाथि किन आक्रमण भयो भन्नेबारे अनविज्ञ रहेको बयान दिएकी छन् । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ३ : ५७ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण