काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको बाँया हात काटिएको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले खनालको घरमा प्रवेश गरी उनलाई जिउँदै आगो लगाएका थिए ।
घटनापछि गम्भीर घाइते बनेकी चित्रकारको कृतिपुरस्थित वन अस्पतालमा उपचार भइरहेको छ । उपचारकै क्रममा हातमा संक्रमण बढेपछि चिकित्सकहरूले उनको बाँया हात काट्न बाध्य भएको परिवारले जनाएको छ ।
पूर्वप्रधानमन्त्री खनालले पत्नीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन् । ‘संक्रमणका कारण देब्रे हात काटिएको हो,’ खनालले भने, ‘अहिले उनी प्रतिक्रिया जनाउन थालेकी छन् र स्वास्थ्य अवस्थामा सुधार आएको छ ।’



















प्रतिक्रिया