१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक : गभर्नर पौडेल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको बताएका छन । उनले व्यवसायी जोगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको समेत स्पष्ट पारे ।

नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उहाँले कतिपय अवस्थामा कानुन स्पष्टता नहुँदा काम गर्न समस्या भएको उल्लेख गर्दै कानुनको भावअनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गरे ।

मुलुकमा पछिल्लो समय उत्पन्न परिस्थितिबाट अगाडि बढ्ने क्रममा आइपर्ने समस्या समाधानका लागि पनि कानुनी स्पष्टता जरुरी रहेको उनको भनाइ थियो । “कानुनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ, विशेष गरी पत्रकारहरुले समाचार लेख्ने क्रममा कानुनको व्याख्या राम्रो नभए भने गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ”, उनले भने ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने उनको भनाइ थियो । “पुनःनिर्माणका लागि ठूलो स्रोत आवश्यक छ, यद्यपि त्योभन्दा महत्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो”, उनले भने ।

प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

“प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ, त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशिल हुन लामो समय लाग्दैन”, गर्भनर पौडेलले भने ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ५ : ४२ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज