७ पुस २०८२, सोमबार | December 23, 2025

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताएका छन ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८ औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उनले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने धारणा राखे । “गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले कांग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ”, उनले भने ।

कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : ५५ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत