१० भदौ २०८३, बुधबार | August 27, 2026

आगलागीबाट बचेको पार्टी केन्द्रीय कार्यालयको हलमा कांग्रेसको बैठक



काठमाडौं । जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगलागी भएको दश दिनपछि नेपाली कांग्रेसले पहिलोपटक औपचारिक बैठक गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुक्रबार पार्टीको कार्यसम्पादन समिति बैठक कार्यालयमै बसेको हो । बैठकमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका विषयमा छलफल भैरहेको छ । बैठकले पार्टी कार्यालय व्यवस्थापनमा पनि निर्णय गर्नेछ ।

आगोले लाइब्रेरीसहितका महत्वपूर्ण कागजात राखिएका भाग ध्वस्त भए पनि पुरानो बैठक हल सुरक्षित रहन पुगेको थियो । यही हलमा अहिले बैठक सञ्चालन भइरहेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवासहित कार्यसम्पादन समितिका सदस्य डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरू भने सहभागी छैनन् । देउवा दम्पत्तिलाई भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनको निवासमै सांघातिक आक्रमण गरिएको थियो । अहिले उनी उपचाररत छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन तय गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ०० बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट