२५ असार २०८३, बिहिबार | July 10, 2026

गृह मन्त्रालयद्वारा सहायता कक्ष स्थापना



काठमाडौं । गृह मन्त्रालयले ‘जेनजी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ ।

आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले ‘जेनजी’ युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना गरेको जानकारी दिए ।

“जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ”, मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ५४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट