७ आश्विन २०८३, बुधबार | September 23, 2026

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध, रातभर नखुल्ने



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिइन् । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उनको भनाइ छ ।

आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले बताइन् । उनका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ । पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले ढुंगारपहिरो नदेखिने र संभावित दुर्घटना निम्तन सक्ने भएकोले सुरक्षाको दृष्टिकोणले बिहान ४ बजेपछि मात्र सडक खुलाउने कार्य थालिने जनाएको छ । कार्यालयले पहिरो हटाउन संभव नभएकोले भोलि बिहान ४ः०० बजेसम्म को लागि सवारी आवागमन नगर्न आग्रह गर्दै सडकमा रोकिएका सवारीसाधन लगायत यात्रुहरूलाई रात अवधिभर सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : २८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज