२६ बैशाख २०८३, शनिबार | May 9, 2026

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत गर्दै गम्भीर चुनौतीहरूसँग जुध्न अहिलेको आवश्यकता राष्ट्रिय एकता रहेको बताएका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिकालाई उल्लेख गर्दै भने, “७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान बनाउने काम जनयुद्धका क्रममा हजारौंको त्यागबिना सम्भव थिएन।” उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रतिनिधित्व जस्ता विषय संविधानमा समावेश गर्नुपर्ने कुरा आफुहरुले उठाउँदै आएका विषय भएकाले देशमा अहिले माओवादी केन्द्रको विचारको महत्व झनै बढेर गएको बताए ।

हालै सम्पन्न जेन्जी आन्दोलनको सन्दर्भमा अध्यक्ष प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाउँदै, माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको स्मरण गराए।

उनले प्रतिकुलताकाबीच देशलाई सहज निकास दिन आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्दै संविधानको रक्षामा माओवादी केन्द्र महत्वपूर्ण भुमिका खेलेको बताए ।

“हामीले जेन जीहरुको बलिदानको सम्मान गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने खालको राजनीतिक विकल्प प्रस्तुत गरेका हौं,” प्रचण्डले भने । उनले अन्तरिम सरकार र निर्वाचनको तोकिएको मिति अनुसार अघि बढ्नुपर्नेमा समेत जोड दिए।

अध्यक्ष प्रचण्डले भने, “नेपालले यति ठुलो चुनौती कहिल्यै भोगेको थिएन। पूर्खाले मिहिनेत गरेर जोगाएको राष्ट्र हामीले बचाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न अहिले हाम्रासामू छ। त्यसैले सम्पूर्ण राष्ट्रप्रेमीहरू एकताबद्ध हुनु जरुरी छ।”

बैठकमा माओवादी केन्द्रका नेताहरू र जनप्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकको अध्यक्षता सनि कुमार ओलीले गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ४४ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै