१४ भदौ २०८३, आइतबार | August 30, 2026

मौजुदा संविधानलाई संशोधन गरेर जेनजी पुस्ताको माग संबोधन गरिनुपर्ने



नेपालगन्ज । मौजुदा संबिधानलाई संशोधन गरेर जेनजी पुस्ताको माग संबोधन गरिनुपर्ने नेपालगन्जका नागरिक अगुवाहरुले सुझाव दिएका छन् । ११ औँ संविधान दिवसको अवसरमा नेपालगन्जमा आज आयोजित बदलिँदो परिस्थितीमा नागरिकको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संबिधानमा संशोधनको अनेक प्रावधान रहेको भन्दै नेपालको संविधान(२०७२ भित्रैबाट जेनजी पुस्ताको एजेण्डा संबोधन गर्न सकिने बताए । वक्ताहरुले संबिधानको विकल्प खोज्न नसकिने बताए ।

वक्ताहरुले नागरिक अगुवाहरु नै स्वतन्त्र नभएको उल्लेख गर्दै नागरिक अगुवा, पत्रकार, मानवअधिकारकर्मीहरुले दलगत पहिचान बनाउन नहुने बताएका थिए । वक्ताहरुले जेनजी आन्दोलनले भ्रष्टाचारको सशक्त बिरोध, सुशासनको प्रत्याभूत र पारदर्शी साशान प्रणाली खोजेकाले सोही एजेण्डा कार्यान्यन गर्न नागरिक समाजले सरकारलाई दवाव दिनुपर्ने बताए । बक्ताहरुले नेपाली जनता आफैले लेखेको संविधान उत्कृष्ट भएपनि केही असन्तुष्टीका कुरालाई संशोधन गर्न सकिने बताए ।

उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषदका लुम्बिनी प्रदेश पार्षद इश्वरीप्रसाद ज्ञवाली, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्बअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, मानव अधिकारकर्मी प्रकाश उपाध्याय, वरिष्ठ लेखक एवम पत्रकार नरेन्द्र जंग पिटर, अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता सुनिता शर्मा, मोहम्मद अयुव सिद्दिकी, पत्रकार शरण कर्माचार्य, वेपत्ता परिवारका सदस्य चन्द्रकला उप्रेती, गैरसरकारी संस्था महासंघ बाँकेका रमेश सिटौला लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ४१ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा