६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

अवरुद्ध भएको २७ घण्टा पुग्दा पनि खुलेन नारायणगढ-मुग्लिन सडक : तुइन खोलाको पहिरो अझै हटेन

सडकमा अलपत्र यात्रुलाई प्रशासनको भुजा चिउरा



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्री अलपत्र परेका छन् ।

शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने क्रम जारी रहेको जनाउँदै कार्यालयका प्रमुख नारायण लामिछानेले ठूलो पहिरो भएकाले रातको समयमा काम गर्न कठिन हुने बताए ।

आजका लागि पहिरो पन्छाउने काम रोकिएको छ । आइतबार बिहानदेखि पहिरो पन्छाइने जनाइएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट तीन वटा र नारायणगढबाट दुई वटा साधन परिचालन गरिए आज साँझ ६ः३० बजे पुनः पहिरो खसेपछि काम रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख लामिछानेका अनुसार आइतबार बिहान पुनःपहिरो पन्छाउने गरी आजका लागि काम रोकिएको हो । शुक्रबार साझ ६ः०० बजेदेखि गएको पहिरोका कारण अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज खाद्यान्न सहयोग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा यात्रुहरूलाई भूजा, चिउरा, बिस्कुट, चाउचाउ, पानीलगायत खाद्यान्न वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार एक हजार ५०० यात्रुलाई पुग्ने खाद्यान्न वितरण गरिएको छ । आफ्नो कार्यक्षेत्रभित्र रहेर सडकमा अलपत्र रहेका यात्रुलाई खाद्यान्न सहयोग गरिएको उनले बताए ।

यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । थप पहिरो नखसेमा आइतबार मध्यान्नसम्ममा सडक सञ्चालन गर्न सकिने प्रजिअ अर्यालले अनुमान गरे ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : २६ बजे

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन