२४ भदौ २०८३, बुधबार | September 9, 2026

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ ।

कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उनले जानकारी दिए ।

“तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ । मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ”, इञ्जिनियर घिमिरेले भने । साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत ठाउँ जोखिममा रहेका उनले जानकारी दिए ।

गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ । विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्‍याएको उनले बताए । ती ठाउँमा विपद्मार्फत विनियोजित रु २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको उनले उल्लेख गरे ।

प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि रु २० करोड बजेट विनियोजन भएको छ । बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उनले नक्साङ्कन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताए । वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्नसक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ ।

केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो । भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । राजधानी काठमाडौँका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १२ : ५० बजे

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण