काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहका कारण केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । त्यसपछि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो ।
अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ । यस्तो परिस्थितिमा माओवादी केन्द्रको बैठकले पार्टीको आगामी रणनीति, निर्वाचन तयारी र आन्तरिक मतभेद समाधानबारे केन्द्रित हुने अनुमान गरिएको छ ।


















प्रतिक्रिया