२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

केपी ओली र रमेश लेखक लगायतलाई कारबाही गर्न माग



काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमनका मुख्य जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कानुनी कारबाही गर्न माग गरेको छ ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा समाजले आइतबार जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा दर्जनौँ निहत्था नागरिकलाई गोली प्रहार गरी हत्या गराएको घटनाका लागि उनीहरू प्रत्यक्ष जिम्मेवार भएको भन्दै कारबाही सुनिश्चित गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारको विरोधमा जेनजीद्वारा आह्वान गरिएको भदौ २३/२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाही थाल्नुपर्छ।”

समाजले आन्दोलनकै क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नलाई समेत छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिएको छ । स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयंले पनि घुसपैठका कारण त्यस्ता घटना घटेको स्वीकार गरेको भन्दै समाजले त्यस्ता आपराधिक गतिविधि कारबाहीविहीन भए भविष्यमा त्यस्तो प्रवृत्ति संस्थागत हुने चेतावनी दिएको छ ।

विज्ञप्तिमा हालै देशले भ्रष्टाचार र कुशासनकै कारण ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै त्यसलाई रोक्न दलका शीर्ष नेतासहित जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, समाजले नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै प्रहरी प्रशासनलाई राजनीतिकरणबाट मुक्त गरी स्वायत्त बनाउनुपर्ने, संवैधानिक तथा न्यायिक निकायमा राजनीतिक भागबण्डाका आधारमा भएका नियुक्ति खारेज गर्नुपर्ने मागसमेत गरेको छ ।

भ्रष्टाचार र कुशासन नियन्त्रण बिना शान्ति सम्भव नभएको समाजको निष्कर्ष छ । त्यसैले शान्ति दिवसको अवसरमा सरकारले सुशासनलाई प्राथमिकतामा राख्न, पूर्वविशिष्टलाई दिइँदै आएको सेवा–सुविधा कटौती गर्न, ध्वस्त संरचना पुनर्निर्माण गर्न र अन्तरिम सरकारलाई निष्पक्ष, अभिभावकसरह भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

समाजले संक्रमणकाल छोट्याउँदै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : १७ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट