१४ भदौ २०८३, आइतबार | August 30, 2026

गैर–दलीय मन्त्री नियुक्त गर्न प्रधानमन्त्री कार्कीले गरिन् थप ५ जनाको नाम सिफारिस



काठमाडौं । दलभन्दा बाहिरबाट मन्त्रिमण्डल बनाउने बताएकी प्रधानमन्त्री सुशीला कार्कीले दलगत सक्रियतामा नदेखिएका थप पाँच जना मन्त्रीको नाम नियुक्तिका लागि सीतलनिवास पठाएकी छन् ।

आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बताइएको छ । बालुवाटार श्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा स्वास्थ्य मन्त्रालय मै अतिरिक्त सचिव रहेकी डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन्। सिफारिससँगै उनले उक्त पदबाट राजीनामा समेत दिएकी छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई दिइने भएको छ भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा इमेज मिडिया ग्रुपका समाचार प्रमुख जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

त्यस्तै, कृषिमन्त्रीमा मदन परियार र उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हाको नाम सिफारिस गरिएको बताइएको छ । नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : २२ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज