१० माघ २०८२, शनिबार | January 24, 2026

वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न नेपाली टोली यूएई जाँदै



काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन । विश्व विजेता वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्न टोली यूएई जान लागेको हो ।

नेपाल क्रिकेट सङ्घ ९क्यान०का प्रवक्ता छुमी लामाका अनुसार नेपाली टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई जाँदैछ । यसअघि शुक्रबार नै प्रस्थान गर्ने तयारी भए पनि भिसा नपाउँदा टोलीको यात्रा स्थगित भएको थियो । आइतबार प्रवेशाज्ञा प्राप्त भएपछि टोली आज प्रस्थान गर्न लागेको हो ।

नेपालले यूएईमा आयोजना हुने युनिटी कल टी-२० इन्टरनेशनल प्रतियोगितामा भाग लिनेछ । सो प्रतियोगिता अन्तर्गत नेपालले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेलेर प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र वेस्ट इन्डिजबीच पहिलो खेल असोज ११ गते हुनेछ भने दोस्रो खेल असोज १३ गते र अन्तिम अर्थात् फाइनल खेल असोज १४ गते हुने जनाइएको छ । नेपाली टिमको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : ४८ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको