२२ मंसिर २०८२, सोमबार | December 8, 2025

‘क्षतिग्रस्त भवन प्राविधिक परीक्षण नगरी प्रयोग नगर्नु’



काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षण बिनै रङ्गरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिइन् ।

उनले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्गरोगन नगर्न र नगराउन पनि अनुरोध गरिएको बताइन् ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगनसमेत नगर्नु÷नगराउनु हुन आग्रह गर्दछौँ ।”

प्रहरीको प्रारम्भिक विवरणमा जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्णरूपमा जलेर नष्ट भएको छभने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ ।

प्राधिकरणले क्षतिको मूल्याङ्कनका लागि प्रारुप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १० : ०० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब