काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ ।
बैठकमा सात वटा एजेण्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीति, प्रदेश बैठकबाट प्राप्त विवरण, परिवर्तित परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन र विभागीय संरचनासम्बन्धी विषय समेटिनेछ ।
त्यस्तै, घोषित निर्वाचनको रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र अन्य विविध विषयमा पनि बैठकले निर्णय गर्ने जनाएको छ ।


















प्रतिक्रिया