३१ असार २०८३, बुधबार | July 15, 2026

भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय



काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै भूमिव्यवस्थामन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिएका कारण विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरणका पक्षमा संशोधन गरिएको स्पष्ट गरे ।

उनले भने, “विशेषगरी कित्ताकाट रोकिएको विषय, विकास आयोजनाका लागि जग्गा प्राप्तिसम्बन्धी विषय र कृषियोग्य जमिनको संरक्षण तथा सदुपयोलगायतका विषयलाई प्राथमिकतामा राखी भू-उपयोगसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न आवश्यक छ ।”

मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्नुपर्ने धारणा राख्दै देश र जनतालाई केन्द्रमा राखेर वैज्ञानिक एवं वस्तुनिष्ठ ढङ्गबाट जग्गा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे ।

पदभार ग्रहणका अवसरमा सचिव तथा उच्चअधिकारीहरुले मन्त्री सिन्हालाई स्वागत गर्दै मन्त्रालयको वर्तमान अवस्था, कार्ययोजना र प्राथमिकताबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ४२ बजे

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण