१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रास्वपाभित्रै सभापति लामिछानेले पद छाड्नुपर्ने माग



काठमाडौं । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पदबाट अलग गर्नुपर्ने आवाज पार्टीभित्रै उठेको छ । मंगलबार च:मतीमास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले मुद्दाको कानुनी टुंगो नलागेसम्मका लागि लामिछानेले सभापति पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् ।

बैठकमा सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सरिन तामाङ, लुम्बिनीका देवराज पाठक र गण्डकीका राजन गौतमले रवि पदमा रहिरहन नहुने धारणा राखेका छन् । उनीहरूले विभिन्न पाँच जिल्लामा चलिरहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्र सभापतिका रुपमा काम गर्नु उपयुक्त हुने बताएका छन् । अन्य प्रदेशका सभापतिहरू भने मौन बसेको सहभागी नेताहरूले जानकारी दिएका छन् ।

त्यसैगरी, बैठकमा भदौ २४ गतेको हुलदंगा क्रममा नख्खु कारागारबाट लामिछाने बाहिरिएको विषय पनि उठेको छ । उनलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली र हरि ढकालसहित पुगेको विषय बैठकमा छलफलमा आएको हो ।

प्रवक्ता झाले यसअघि नै रविलाई भेट्न नख्खु कारागार पुग्नु गल्ती भएको स्वीकार गरिसकेका छन् । उनका अनुसार त्यो बेला गम्भीर त्रुटि भए पनि अब सच्याएर अघि बढ्ने समय आएको छ ।

हाल लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधसहितका मुद्दा चलिरहेका छन् । उनी बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा छन् । भदौ २४ गते आन्दोलनकै बीच नक्कली कागज प्रयोग गरी बाहिरिए पनि दबाबपछि पुनः थुनामै फर्किएका थिए ।

प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा सात वटा एजेन्डामा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले