३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

चाडपर्व आयो, मन खुसी छैन


७ आश्विन २०८२, मंगलबार  

26
Shares

काठमाडौं । आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिइन । उनले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसैंको प्रारम्भ गरिन । पुजाको तयारी गरेकी उनले भनिन, “दसैँ त आयो, तर, मन खुसी आएन ।”

गोमाले भनेझैं, नजिकिएको दसैँमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् ।

उनले जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूले न्याय पाउने आशासँगै देशमा शान्ति छाओस् भनी कामना गरेको सुनाइन ।

दसैंमा प्रायः काठमाडौं सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौं खाली हुन्छ । त्यो खालिपनमा यहाँका स्थानीयहरू शान्त भएर बस्न पाउने बताउँछन् । तर, पाटनका भक्तमान श्रेष्ठ भने यसपालिको दसैंमा सडक गल्ली शान्त भएपनि मन शान्त नहुने बताउछन्।

जेलबाट भागेका अपराधीहरू टोलभरि छन् । शान्त र सुरक्षित भएर कसरी दसैं मनाउने ? उनको मनमा खड्किएको प्रश्न हो यो । उनी भन्छन्, “प्रहरी कार्यालय जलेका छन्, अपराधीहरू बाहिरै घुमेका छन् । पर्वमा चोरी डकैती बढ्ने डर छ नि ।” उनका अनुसार यस पालिको दसैंमा एकातिर देशका होनहार युवा गुमाउनु परेको पीडा छभने अर्कोतिर राजनीतिक कारण निश्चिन्त भएर मनाउने अवस्था छैन ।

जेनजी प्रदर्शनमा स्वतःस्फूर्त होमिएकी थिइन, बानेश्वरकी भवानी निरौला । उनीसँगै आन्दोलनमा थुपै्र साथीहरू घाइते भएका छन् भने केहीले ज्यान गुमाए । “गोली लागेर साथी अस्पतालमा छ, दसैँमा कसरी खुसी हुन सकुँला र ?”, २० वर्षीया निरौला भन्छिन्।

बानेश्वरस्थित फुटपाथ सस्तो बजारका व्यापारी विक्रम भट्टराईका अनुसार विगतमा जस्तो दसैँ किनमेलमा उत्साह छैन । एक साताअघि गोलीको बर्सा भएको अझै उनको कानमा गुन्जिन्छ ।

कोटेश्वर बस्ने टीका गौतम आज भृकुटीमण्डमा दसैँका लागि किनमेल गर्न पुगे । घरमा आवश्यक सामान र बालबालिकालाई लत्ताकपडा किने। दसैँका लागि किनमेल गरिरहनुभएका उनले भने, “केटाकेटीलाई खुसी पार्नु पर्यो, आफ्नो मनमा भने दसैँको उत्सव त्यति छैन ।”

मनोविद् गोविन्द ढकालका अनुसार चाडपर्वले आफन्तमाझ खुसियाली आदानप्रदान गर्छ । यसले समाजमा सामाजिक सद्भाव सिर्जना गर्नाका साथै वर्षभरिको तनाव पिरमर्कालाई पखालेर हलुको बनाउन मद्दत गर्छ । तर, यस वर्ष देशको स्थिति अनुकूल नहुँदा उत्सवमय बन्न नसकेको उनको भनाइ छ । असुरक्षित समाज, राजनीतिक अस्थिरताका कारण समाजमा चाडपर्वलाई उत्साहजनक बनाउन कठिनाइ भएको उनले बताए ।

जेनजी आन्दोलनका क्रममा ७० भन्दा बढी यवा वर्गाको मृत्यु भएको, घाइतेहरू अस्पतालमा छट्पटाइरहेका, क्षतिको आँकलन गर्न सक्ने अवस्था नरहेको, सार्वजनिक संरचना ध्वस्त भएको, सवारी साधन जलेका तथा कैयौँ लेटेराहरू जेलबाट भागेको अवस्थामा यस वर्षको बडादशैँ खुसी र अर्षोल्लासका साथ मनाउने अवस्थामा नरहेका जेनजी पुस्ताका अगुवाहरू बताउँछन्। तर पनि आआफ्नो गच्छेअनुसार परापूर्वकालदेखि मानिआएको दसैँ पर्व मनाउँदै हाम्रो मौलिक धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व हामी नेपालीकै भएकाले त्यसतर्फ ख्यान गर्न सम्बद्ध सबैसँग जेनजी पुस्ताका तर्फबाट अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ०१ बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम