१५ चैत्र २०८२, आइतबार | March 30, 2026

चीन भ्रमणमा देशको भूमिसम्बन्धि विषय नउठाएको भए यो अवस्था आउने थिएन : मुख्यमन्त्री आचार्य



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा निकायका अंगहरूले आन्दोलनको बारेमा समयमै जानकारी लिन नसक्दा मुलुकले क्षति ब्यहोर्नु परेको बताएका छन् । नेकपा एमाले बाँकेको क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौं पूर्ण बैठकलाई आज खजुरामा सम्बोधन गर्दै सुरक्षा निकायलाई आन्दोलनको प्रकृति बारे सूचना भएर पनि राजनीतिक नेतृत्वलाई गुमराहमा पारियो या जानकारी नै भएन, यो विषय छानबिन हुनु आवश्यक रहेको बताए ।

भदौ २३ गते जेन्जीहरूले सडकमा गरेको आन्दोलनबाट मुलुकमा यस्तो अवस्था आउला भनेर कसैले कल्पना नगरेको उनले बताए । ‘प्रदर्शनका दुई माग थिए । सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्नुपर्ने र बन्द भएको सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने । राज्य सत्ता परिवर्तन भने उनीहरूको माग थिएन,’ मुख्यमन्त्री आचार्यले भने, ‘सुरक्षा निकायका अंगहरूले आन्दोलनको बारेमा समयमै जानकारी लिन सक्नुपर्थ्यो । घटनाको सत्यतथ्य पत्ता लगाउन जरुरी छ ।

उनले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताए । मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताए । ुसेवा प्रवाहलाई पुरानै लयमा फर्काउन जरुरी छ । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त ढंगले कार्ययोजना बनाएर अघि बढ्न खोजिरहेका छौं,’ उनले भने, ‘कर्मचारीहरूको दबिएको मानसिकता छ । त्यसलाई माथि उठाउन प्रयास गरिरहेका छौं । त्यस मानेमा पनि यदि हामी चुप लागेर बस्यौं भने खराब तत्वले मुलुकमा राज गर्ने अवस्था आउँछ ।’

मुख्यमन्त्री आचार्यले तोकिएको समयमा चुनाव हुने हो भने नेकपा एमाले चुनावबाट नभाग्ने स्पष्ट पारे । ‘यदि साँच्चै तोकिएको मितिमा चुनाव हुने हो भने हामी चुनावबाट भाग्दैनौं,’ उनले भने, ‘एमाले चुनावबाट कुनै हालतमा भाग्दैन ।’

यस्तै, सम्बोधनका क्रममा उनले देशको राष्ट्रियता र स्वाभिमानका पक्षमा दृढताका साथ उभिएकै कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको दाबी गरे । नेपालको सहमति विना भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सम्झौता गरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएकै कारण मुलुकमा यस्तो परिस्थिति सिर्जना भएको दाबी उनको छ । ‘चीन भ्रमणको क्रममा देशको भूमिसम्बन्धि विषय नउठाएको भए यो अवस्था आउने थिएन,’ उनले भने, ‘देशको स्वाभिमान र राष्ट्रियताको पक्षमा उभिएकै कारण यो अवस्था सिर्जना भएको हो । यसमा दुईमत छैन ।’

आँधिबेहरीमा सतिशालझैं उभिन सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै उनले भने, ‘घर जलेर खरानीको थुप्रो मात्र छ । शरीरमा लगाएको कपडा बाहेक केही छैन । तर, म निराश छैन । अहिले कर्मचारीहरूको मनोबल उच्च बनाउन, संरचनाहरू छिटो भन्दा छिटो सुधार गरेर सेवा प्रवाह गर्न सकिन्छ भन्ने विश्वास दिलाउन अनुगमन गरिरहेको छु । जनताको मनोबल कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिएर अघि बढेका छौं ।’

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १० : २७ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा