२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुस् : शिक्षामन्त्री महावीर पुन



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त भएकाले मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा अनावश्यक कल तथा सन्देश नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सक्रिय रहेका मन्त्री पुनले पछिल्ला दिनमा हजारौँ फोन र सन्देश आइरहेको भन्दै केही समयका लागि सम्पर्कमा असुविधा हुन सक्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला । धन्यवाद ।”

मन्त्री पुनले मन्त्रालयको कार्यक्षमता बढाउन र परिणाममुखी काम गर्ने उद्देश्यले टिम गठनमा प्राथमिकता दिएको बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : २१ बजे

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य