१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुस् : शिक्षामन्त्री महावीर पुन



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त भएकाले मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा अनावश्यक कल तथा सन्देश नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सक्रिय रहेका मन्त्री पुनले पछिल्ला दिनमा हजारौँ फोन र सन्देश आइरहेको भन्दै केही समयका लागि सम्पर्कमा असुविधा हुन सक्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला । धन्यवाद ।”

मन्त्री पुनले मन्त्रालयको कार्यक्षमता बढाउन र परिणाममुखी काम गर्ने उद्देश्यले टिम गठनमा प्राथमिकता दिएको बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : २१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा