१२ माघ २०८२, सोमबार | January 27, 2026

नवलपुरको कावासोतीमा श्रीमानबाट श्रीमतीको हत्या



नवलपुर । जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका–८, सगरमाथा टोलमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ४२ वर्षीय सुर्यप्रसाद पाण्डेले घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती संगिता पौडेल पाण्डेलाई चक्कु प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा घाइते भएकी संगितालाई प्रहरीले तत्कालै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याए पनि उपचारकै क्रममा बुधबार साँझ चिकित्सकले मृत घोषणा गरेका हुन्।

हत्या गरेपछि सुर्यप्रसाद पाण्डे आफैं जिल्ला प्रहरी कार्यालय नवलपरासी (पू)मा आत्मसमर्पण गरेको डिएसपी मधु नेपालले बताए ।

हाल अभियुक्त श्रीमान प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ५२ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको