२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रज्ञा भवनमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ ।

बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले विभिन्न समुह बनाएर छलफल गर्ने बताइएको छ ।

अध्यक्ष प्रचण्डले यसअघि नै पार्टीलाई रुपान्तरणका लागि आगामी मंसिरमा विशेष महाधिवेशनमा लैजाने प्रस्ताव पदाधिकारी र स्थायी समिति बैठकमा पेश गरेका थिए । दुवै बैठकले सो प्रस्तावलाई पारित गरेको छ ।
प्रचण्डको प्रस्तावमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै पार्टीको नेतृत्वमा युवा पुस्तालाई बढी भन्दा बढी सहभागी गराउने, नेतृत्व हस्तान्तरण गर्ने, हाल मौजुदा केन्द्रीय समितिदेखि सबै तहका पार्टी कमिटीहरु विघटन गर्ने र अध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने रहेको छ ।

हिजो बसेको स्थायी समिति बैठकले प्रचण्डको प्रस्तावलाई पारित गरेको थियो भने तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउने र आवश्यक भूमिकामा सक्रिय हुने निर्णय गरेको थियो।

केन्द्रीय समिति बैठक दुई दिनसम्म चल्ने बताइएको छ । बैठकका लागि सबै सदस्यहरुसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाइएको छ । त्यो रकम रकम हल भाडा, खाजा, पानी लगायत व्यवस्थापन खर्चका लागि प्रयोग हुनेछ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल