२५ असार २०८३, बिहिबार | July 9, 2026

प्रज्ञा भवनमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ ।

बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले विभिन्न समुह बनाएर छलफल गर्ने बताइएको छ ।

अध्यक्ष प्रचण्डले यसअघि नै पार्टीलाई रुपान्तरणका लागि आगामी मंसिरमा विशेष महाधिवेशनमा लैजाने प्रस्ताव पदाधिकारी र स्थायी समिति बैठकमा पेश गरेका थिए । दुवै बैठकले सो प्रस्तावलाई पारित गरेको छ ।
प्रचण्डको प्रस्तावमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै पार्टीको नेतृत्वमा युवा पुस्तालाई बढी भन्दा बढी सहभागी गराउने, नेतृत्व हस्तान्तरण गर्ने, हाल मौजुदा केन्द्रीय समितिदेखि सबै तहका पार्टी कमिटीहरु विघटन गर्ने र अध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने रहेको छ ।

हिजो बसेको स्थायी समिति बैठकले प्रचण्डको प्रस्तावलाई पारित गरेको थियो भने तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउने र आवश्यक भूमिकामा सक्रिय हुने निर्णय गरेको थियो।

केन्द्रीय समिति बैठक दुई दिनसम्म चल्ने बताइएको छ । बैठकका लागि सबै सदस्यहरुसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाइएको छ । त्यो रकम रकम हल भाडा, खाजा, पानी लगायत व्यवस्थापन खर्चका लागि प्रयोग हुनेछ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : ४७ बजे

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको

मौद्रिक नीतिपछि सेयर बजारमा निरन्तर दबाब, दोस्रो दिन पनि १९.६७ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,