२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्नै सकस



बागलुङ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना भएको निसीभूजी जनता क्याम्पस आर्थिक अभावमा गुज्रिदै आएको छ ।

सरकारी निकायबाट पार्यप्त बजेट नपर्दा क्याम्पस सञ्चालनमा समस्या भएको हो । समुदायबाट चन्दा सङ्कलन गरेर सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थीसमेत घट्दै गएका छन् । ढोरपाटन नगरपालिका-१ खप्तरीबाङ विसं २०४८ मा स्थापना भएको क्याम्पसमा ग्रामीण क्षेत्रका विद्यार्थी मात्रै अध्ययन गर्दै आएका छन् ।

पश्चिम बागलुङको एकमात्रै क्यापसका रुपमा रहेको यस क्याम्पस आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा समस्या पर्दै आएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए ।

क्याम्पसको आन्तरिक स्रोत निकै कम र सरकारी निकायबाट सहयोग नमिल्दा सञ्चालनमा समस्या भएको उनको भनाइ छ । क्याम्पस सञ्चालनका लागि मासिक चार लाख ५० हजार खर्च हुने भन्दै आम्दानी निकै न्यून रहेको क्याम्पस प्रमुख आचार्यले बताए ।

क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्रै हो । ढोरपाटन नगरपालिकाले नौ लाख ६० हजार अनुदान दिए पनि अन्य निकायबाट सहयोग नपाएको उनको गुनासो छ । अहिले क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन १२० जना विद्यार्थी रहेको भन्दै उनीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उनको भनाइ छ । हाल आंशिक २२ र पूर्णकालीन दुई जना गरी २४ प्राध्यापक कार्यरत रहेको सुनाउँदै तलब खुनाउन निकै समस्या हुने गरेको क्याम्पस प्रमुख आचार्यले बताए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले पश्चिम बागलुङका निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताए ।

चार वटै पालिकाको केन्द्रमा पर्ने यो क्याम्पसलाई ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनसो छ । बजेट अवभामा राम्रो शिक्षक राख्न नसकेको भन्दै केन्द्र र प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गर्दै आएको अध्यक्ष न्यौपानेले बताए ।

जिल्ला अन्य क्याम्पस विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुग्दा निसीभूजी जनता क्याम्पसमा भने विद्यार्थीको कमी छैन । क्याम्पसको आर्थिक स्रोत केही नहुँदा विद्यार्थीले महँगो शुल्क तिर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ५१ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा