काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आइतबारसम्म शिक्षकलाई तलब नदिने विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दशैं–तिहारको अवसरमा शिक्षकहरुले तलब नपाएको गुनासो बढेर आएको भन्दै शिक्षा मन्त्रालयले पहिले नै तलब विद्यालयमा पठाइसकेको स्पष्ट पारेका छन् ।
“भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकासा नगरेमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,” मन्त्री पुनले भनेका छन् ।
शिक्षामन्त्री पुनले शिक्षकको तलब रोक्नु अन्यायपूर्ण भएको भन्दै यसप्रति गम्भीर ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।


















प्रतिक्रिया