५ चैत्र २०८२, बिहिबार | March 20, 2026

यसवर्ष हिले दशैं हुने पूर्वानुमान



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पानी पर्ने सम्भावना रहेकोे जनाएको छ । विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

विभागले अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६ गते) को मौसम आँकलन गरेर आज साँझ विशेष बुलेटिन सार्वजनिक गर्दै अष्टमी र नवमीको दिनको तुलनामा दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना रहेको औंल्याएको छ ।

यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

विभागले जारी गरेको विशेष बुलेटिनमा दशैंको टीकाको दिनमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

विभागका अनुसार असोज १५ गते नवमीको दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी असोज १४ गते अष्टमीको बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याइएको छ ।

नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइनसकेको विभागले जनाएको छ । विभागका अनुसार हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टोबर २ तारिख हो । तर मनुसन भित्रिने र बाहिरिने दिन प्रत्येक वर्ष फरक–फरक पर्दै आएको छ । यस वर्ष मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ को दिन नै दशैंको टीका परेको छ ।

यस्तो रहने छ अष्टमी, नवमी र दसैंको दिनको मौसम :

असोज १४ (अष्टमी) : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १५ (नवमी) : कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १६ (दशमी) : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : ३९ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको