२६ असार २०८३, शुक्रबार | July 10, 2026

तोकिएको निर्वाचन समयमै सम्पन्‍न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरता : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्‍न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग गर्न आह्वान गरेका छन् । बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले तोकिएकै समयमा चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गरेका हुन् ।

‘मुलुकमा उत्पन्‍न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्‍न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्‍न सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्‍त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु।’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख छ ।

गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।

दसैँ पर्वको संरक्षण एवम् सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास उनको छ । यही सन्देशका साथ राष्ट्रपति पौडेलले बडादसैँ २०८२ ले सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा विकास गर्न सकोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : ०७ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी